नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनका लागि समिति गठन गर्दै - Chaitanya News
  • 2026-05-07
  • 04:41:24
  • बुधबार,बैशाख २३, २०८३
  • नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनका लागि समिति गठन गर्दै

    नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनका लागि समिति गठन गर्दै

    काठमाडौं– प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनका लागि समिति बनाउने भएको छ।

    आज बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त समिति बनाउने निर्णय गर्नेछ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बस्ने बैठकमा निर्वाचनपछिको समिक्षा र समसामयिक राजनीतिकको बारेमा छलफल गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

    महामन्त्री गगन थापा, नेता डा।शेखर कोइरालालगायतले संसदीय दलको नेतामा उम्मेदवारी दिने बताइरहेका छन।

    अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि थापाको समर्थन गरीरहेका छन।