भारतमा गायक डोटेली कान्छा अभिनन्दित - Chaitanya News
  • 2026-11-21
  • 13:56:39
  • शनिबार,मंसिर ०६, २०८३
  • भारतमा गायक डोटेली कान्छा अभिनन्दित

    भारतमा गायक डोटेली कान्छा अभिनन्दित

    दिल्ली- साङ्गितिक कार्यक्रमका लागि भारतका विभिन्न स्थानमा पुगेका चर्चित लोक देउडा गायक सुरत राउत ‘डोटेली कान्छा’ अभिनन्दित भएका छन्। नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रीय कार्यालयले नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य एवं भाषा, साहित्य, कला र संस्कृति विभाग प्रमुखसमेत रहेका डोटेली कान्छालाई स्वागत तथा अभिनन्दन गरिएको हो।

    एक हप्ताका लागि भारतका विभिन्न स्थानमा हुने कार्यक्रममा सहभागी हुन पुगेका रावतलाई नेपाली जनसम्पर्क समिति दक्षिण भारतका महासचिवले दोसल्ला ओडाई स्वागत सम्मान अभिनन्दन गरेका थिए।

    नेपाली जनसम्पर्क समिति दक्षिण भारतका क्षेत्रीय महासचिव माधवराज खडायतको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख आतिथि डोटेली कान्छा रहेका थिए। कार्यक्रमको विशिष्ट अतिथि नेपाली जनसम्पर्क समितिका क्षेत्रीय सदस्य दिवश शाही रहेका थिए।