लम्पी स्किन नियन्त्रणका लागि तीनै तहको सरकारको समन्वयमा काम भइरहेको छ : कुषि मन्त्री भुसाल - Chaitanya News
  • 2026-11-21
  • 13:44:33
  • शनिबार,मंसिर ०६, २०८३
  • लम्पी स्किन नियन्त्रणका लागि तीनै तहको सरकारको समन्वयमा काम भइरहेको छ : कुषि मन्त्री भुसाल

    लम्पी स्किन नियन्त्रणका लागि तीनै तहको सरकारको समन्वयमा काम भइरहेको छ : कुषि मन्त्री भुसाल

    काठमाडौँ– कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले लम्पी स्किन नियन्त्रणका लागि तीनै तहको सरकारको समन्वयमा काम भइरहेको बताएका छन्।

    आज (बिहीबार) प्रतिनिधि सभा अन्तर्गतको कृषि समितिमा देशभरको लम्पी स्किन रोगको अवस्थाबारे विवरण प्रस्तुत गर्दै मन्त्री भुसालले भारत र चीनबाट लम्पी स्किनविरुद्ध खोप आयातको पहल भइरहेको बताएका हुन्।

    कृषि मन्त्री भुसालले दिएको जानकारीअनुसार अहिलेसम्म १३ लाख ५ हजार ३ सय ६१ पशुमा लम्पी स्किन संक्रमण भएको छ। त्यसमध्ये उपचारपश्चात् १० लाख ८२ हजार १ सय ५९ पशु निको भइसकेका छन्। त्यस्तै अहिले १ लाख ७५ हजार ५ सयभन्दा बढी पशुमा लम्पी स्किनको संक्रमण कायम रहेको पनि मन्त्री भुसालको भनाइ छ।

    त्यस्तै पछिल्लो तथ्यांकअनुसार लम्पी स्किनबाट मर्ने पशुको संख्या ४७ हजार ६ सय ४९ रहेको उनले बताए। यद्यपि पशु सेवा विभागले भने साउन १२ गतेसम्ममै लम्पीबाट मर्ने पशुको संख्या ५० हजार नाघेको बताएको थियो। मन्त्री भुसालले अहिलेसम्म १३ लाख ६९ हजार डोज खोप आयात भएको र ६ लाख ८६ हजार ४ सय ५० पशुलाई खोप लगाइसकिएको पनि बताए।