काठमाडौँ– ४ महिनापछि पुन सरकारमा फर्किएको जनमत पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दाबी गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जनमत पार्टीलाई सहभागी गराउने तयारी गरेसँगै उसले आफ्नो दाबी पेस गरेको छ।
जनमतका एक नेताका अनुसार आफूहरूले संघीय मामिला मन्त्रालयमा दाबी गरेका बताएका छन्।
छिट्टै मन्त्रिपरिषद् हेरफेर गर्ने र जनमतलाई सरकारमा ल्याइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जनमतले अनितादेवी साहलाई मन्त्री बनाउन यसअघि नै सिफारिस गरेको छ ।