प्रश्न १. सामाजिक सुरक्षा र गरिबी निवारणबीच अन्तरसम्बन्ध केलाउँदै नेपालको सामाजिक सुरक्षा क्षेत्रमा रहेका चुनौती र ती चुनौती संवोधन गर्ने विधिहरु सुझाउनुहोस्। (४+३+३) १०
उत्तर
– समाजमा आर्थिक, सामाजिक र शारिरिक रूपमा जोखिममा रहेका व्यक्तिहरूको न्यूनतम जीवन निर्वाहको सुनिश्चितता गर्ने उपाय नै सामाजिक सुरक्षा हो।
– मानवीय मर्यादाको रक्षा र जोखिमबाट सुरक्षा, आर्थिक तथा सामाजिक विपन्नतामा सहयोग, मर्यादापूर्ण रोजगारी र अन्य जोखिम बहन गर्न सामाजिक सुरक्षा प्रदान गर्ने गरिन्छ।
– सामाजिक सुरक्षा एउटा विस्तृत अवधारणा हो, जसअन्तर्गत सामाजिक सहायता, सामाजिक संरक्षण र अन्य सामाजिक वीमा लगायतका सुरक्षा संयन्त्र उपयोगमा ल्याइन्छ।
– सामाजिक सुरक्षाका सामान्यतः दुई आयाम हुन्छन्, पहिलो गरिबी निवारणमा सहयोग र दोस्रो श्रम बजारमा उत्पादकत्व अभिबृद्धि। यसको तेस्रो पक्ष पनि छ, अपसरको प्रतयाभूति।
– सामाजिक सुरक्षा प्रत्यक्ष रूपमा विपन्न र जोखिममा रहेका व्यक्तिहरूको गरिबी निवारणमा सहयोग पुर्याउदछ भने अप्रत्यक्ष रूपमा जीवनस्तर सुधार, आर्थिक स्तर बृद्धि, मानवीय पूजी निर्माण, जोखिम व्यवस्थापन र सामाजिक पूजी विस्तार गरेर गरिबी निवारणमा सहयोग पुर्याउदछ।
– नेपालमा सामान्य रूपमा सामाजिक सुरक्षा भत्ता र नगद हस्तान्तरणलाई मात्र सामाजिक सुरक्षाका रूपमा लिने गरिन्छ तर यसको आयाम विस्तृत छ।
– जसलाई सामाजिक संरक्षण आवश्यक छ, उसका लागि सामाजिक संरक्षण, अवसर बिहीनका लागि अवसरको पहूच विस्तार र क्षमता निर्माण गर्ने भएकाले सामाजिक सुरक्षा संयन्त्र आफैमा गरिवी निवारणको संयन्त्र हो।
– व्यवसायजन्य सुरक्षा, कार्यस्थल दुर्घटना, मातृत्व संरक्षण, विमारी सुविधा र औषधोपचार, खाद्य सहायता, बृद्ध तथा अन्य भत्ताका उपकरण कुनै न कुनै रूपमा गरिबीसंग सम्बन्धित विषय हुन्।
– कामका लागि खाद्यान्न, जेहेन्दार विपन्न छात्रबृत्ति, विपन्नका लागि क्षमता विकास सहयोग, आवास सुविधा, यात्रा सहुलियत, आपूर्ति सहुलियत, सामाजिक बीमा, बृद्धाश्रम जस्ता सामाजिक सुरक्षा विधिले मुलुकले लिएको गरिबी निवारण नीतिलाई नै कार्यान्वयन गर्ने हो।
– नवौं पञ्चबर्षीय योजनादेखि गरिबी निवारणको अभिन्न अंगका रूपमा सामाजिक सुरक्षालाई लिन थालिएको छ।
नेपालमा सामाजिक सुरक्षा कार्यक्रमले विभिन्न चुनौती तथा कमीकमजोरी भोग्दै आएको छ। जसलाई निम्न बुदामा उल्लेख गरिन्छ :
– छरिएका र धेरै सुरक्षा कार्यक्रम। अहिले सामाजिक बीमा, सामाजिक सहायता, श्रम बजार र अन्य गरी ५० वटा कार्यक्रमहरू सञ्चालनमा छन्।
– लगानीका तुलनामा सामाजिक सुरक्षा कार्यक्रमबाट उपलव्धि हासिल भएको छैन। सरकारी बजेटको महत्वपूर्ण अंश यसमा खर्च हुने गरेको छ। कूल बजेटको १३ प्रतिशत यस आर्थिक बर्ष विनियोजन भएको छ।
– सामाजिक सुरक्षाले आर्थिक उपकरण र राष्ट्रिय क्षमता भन्दा राजनैतिक लोकप्रीयताका रूपमा लिने गरिएको छ।
– सामाजिक सुरक्षाको बहुप्रयोग भएको छ। करिब २९ लाख मानिसहरू नगद हस्तान्तरणबाट लाभान्वीत छन् भने अन्य उपकरणहरू पनि प्रयोगमा छन्।
– नवनिर्वाचित जनप्रतिनिधिहरूले पनि यसलाई लोकप्रीयताको सजिलो कार्यक्रमका रूपमा लिएका छन् जुन राष्ट्रिय क्षमता भन्दा पर पुग्ने संभावना छ।
– कार्यक्रमहरू अति वितरणमुखी भए, क्षमता र संरक्षण मुखी भएनन्।
– सामाजिक सुरक्षा उपकरण प्रयोगमा दोहोरोपना पनि देखिएको छ।
– तथ्यांक तथा सूचना विश्लेषण जस्ता पक्षहरूमा धेरै कमजोरी छ भने रकमको अनियमितता पनि हुने गरेको छ।
उल्लिखित चुनौतीहरू संवोधन गर्न यी कदम चालिनु पर्दछ :
– लक्षित वर्ग पहिचान र नक्सांकन
– लक्षित वर्ग परिचय र सुरक्षा कोडको व्यवस्था
– कार्यक्रम एकीकृत गरी एकल प्रशासनबाट सञ्चालन
– श्रम बजार सामाजिक सुरक्षाका लागि व्यवसायजन्य सुरक्षा, क्षमता विकास, निवृत्तिभरण, सहुलियतको व्यवस्था
– कार्यक्रमको दिगोपनाका लागि योगदानमा आधारित प्रणाली अवलम्वन
– सामाजिक सुरक्षाको बुझाईमा रहेको द्वीविधा र सतहीपना हटाउन चेतना, शिक्षा र सहजीकारणका कार्यक्रम सञ्चालन।
प्रश्न २. सामाजिक विकासका पक्षमा बहस गर्दा सँधै सामाजिक रुपान्तरणलाई छलफलमा ल्याइन्छ। सामाजिक रुपान्तरण किन चाहिन्छ ? निजी क्षेत्र तथा सहकारीले आर्थिक सामाजिक रुपान्तरणमा कसरी योगदान गर्न सक्दछन् ? (५+५) १०
उत्तर :
– रुपान्तरण समाज परिवर्तनको अपेक्षित प्रक्रिया हो।
– सामाजिक रुपान्तन्तरणले सामाजका विद्यमान सोच, संस्कार, व्यवहार र उत्पादन प्रणालीलाई परिवर्तन गर्दछ।
– सामाजिक रुपान्तरण यी कारणले आवश्यक मानिन्छ :
– समाजमा रहेका नकारात्मक सोच, संस्कार र रितिथितिलाई परिमार्जन गर्न
– सामाजिक भावना र सहकारिता विकास गर्न
– नागरिक चेतना र विकास गरी असल राजनैतिक संस्कार बसाउन
– नागरिकहरुमा एकअर्काप्रति जिम्मेवारीको भावना विकास गर्न
– विश्वमा विकसित भएका ज्ञान, प्रविधि र सीपसंग अनुकूलित हुँदै समाज विकासमा लगाउन
– बहुलवादी समाजमा एकअर्काको अस्तित्व र पहिचानलाई सम्मान गर्न
– सामाजिक पूजी परिचालन गरी सामाजिक समस्या समाधान गर्न
– उत्पादन, वितरण र उपभोग प्रवृत्तिलाई परिस्कार गर्न
– सामाजिक सीप, संस्कार र स्वभाव विकास गर्न
– स्थानीय संभावनाको उपयोग गरी राष्ट्रिय विकासमा योगदान गर्न
– स्वस्थ्य, सुसंस्कृत र सौहार्द संस्कृतिमार्फत मानवीय सभ्याता विकास विकास गर्न।
आर्थिक सामाजिक विकासमा सहकारीले खेल्ने भूमिका
– स्थानीय सम्भावना उपयोगमार्फत गरिबी न्यूनीकरणमा योगदान,
– सामाजिक समावेशिता र सहकारी संस्कृति विकास र विविधता व्यवस्थापन,
– उत्पादनशील रोजगारी सिर्जना,
– आर्थिक र सामाजिक पूजी निर्माण र परिचालन,
– वित्तीय शिक्षा र मध्यस्थता मार्फत विपन्न, श्रमिक र कृषक हित विस्तार,
– महिला सशक्तीकरण,
– सामाजिक उद्यमशीलता विकास,
– स्वरोजगार विस्तार,
– कृषिको व्यावसायीकरण मार्फत खाद्य सम्प्रभुता र सुरक्षा,
– सामाजिक सेवाको सहउत्पादन र वितरण,
– नेतृत्व विकास र स्वावलम्वन संस्कृति निर्माण, र
– सामाजिक उत्तरदायित्व निर्वाह।
आर्थिक सामाजिक रुपान्तरणमा निजी क्षेत्रले खेल्ने भूमिका
– उच्च फराकिलो, समावेशी र दिगो आर्थिक बृद्धि,
– मर्यादित रोजगारीका अवसर सिर्जना र सिर्जित अवसर र सुविधाहरुमा समन्यायिक पहूच,
– शासकीय स्थायीत्व (नीति, कानून, संस्था र नेतृत्वको स्थीरता),
– निजी र सरकारी निकायहरुमा उत्कृष्ठ व्यावसायिक क्षमता,
– ज्ञान पूर्वाधारको विकास तथा व्यापक प्रयोग
– शान्तिपूर्ण एवम् मर्यादित प्रतिवादको संस्कृति
– संस्थागत सामाजिक जिम्मेवारी
– मानवीय सेवा तथा सहयोग
– आविस्कार र अन्वेषणमार्फत प्रतिस्पर्धी अर्थतन्त्र निर्माण
– विश्वव्यापीकरणसंग आवद्धता विकास