चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 627 of 1152
  • 2026-11-22
  • 08:49:20
  • आइतबार,मंसिर ०७, २०८३

About Author

कर्णाली प्रदेश सरकारद्वारा सबैसँग सहयोगको अपिल

सिमकोट- कर्णाली प्रदेश सरकारले भूकम्पबाट व्यापक जनधनको क्षति भएको भन्दै सहयोगका लागि अपिल गरेको छ। शनिबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतका लागि सबै पक्षलाई सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको हाे। बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने र राहत सामग्री पठाउने कर्णाली प्रदेश सरकारको निर्णय गरेको छ। प्रदेश सरकारसँग उपलब्ध भएको राहत सामग्री तत्काल पठाउने र नपुगेको खरिद गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए। गए राति जाजरकोट केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी हालसम्म १२८ जनाकाे ज्यान गएको छ भने सयौंको सङ्ख्यामा घाइते भएका छन्। भूकम्पपछि उद्धारको कार्य जारी रहेको छ।

News by कर्णाली प्रदेश सरकारद्वारा सबैसँग सहयोगको अपिल :