चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1110 of 1113
  • 2026-10-12
  • 20:18:11
  • सोमबार,आश्विन २६, २०८३

About Author

सेयर कर्जाको सीमा १२ करोडमै सिमित, सहकारीले ५ करोडसम्म ऋण पाउने

कर्जा खबर काठमाडौं ।  नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा १२ करोड रुपैयाँमै सिमित राखेको छ । लगानीकर्ता तथा ब्रोकरहरुले मार्जिन प्रकृतिको सेयर कर्जाको सीमा बढाउन माग गरेपनि राष्ट्र बैंकले भने एकिकृत निर्देशन मार्फत १२ करोड रुपैयाँमै सिमित गरिदिएको हो । मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ कायम गरेको हो । साथै निर्देशन जारी हुनु पूर्व (मिति २०७८/०५/०८) कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा आगामी एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्नु पर्नेछ । यसैगरी राष्ट्र बैंकले सहकारीलाई प्रदान गर्ने कर्जाको सीमा भने वृद्धि गरेको छ । बचत तथा ऋणसम्बन्धी कारोबार गर्ने सहकारी संस्थाहरु बाहेक अन्य सम्बन्धित विषयगत सहकारी संस्थाले समूह सदस्य मार्फत् सामूहिक खेती तथा पशु/पंक्षीपालन गर्ने प्रयोजनको लागि प्रति सदस्य रु. ५ लाख ननाघ्ने गरी समूह सदस्य संख्याको आधारमा कर्जा सीमा कायम हुने गरी प्रवाह भएको अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा लिन सक्नेछन् । यसअघि यस्तो सीमा १ करोड रुपैयाँ मात्र हरेको थियो । तर त्यसरी प्रवाह भएको कर्जा दुरुपयोग भएको पाइएमा त्यस्तो कर्जालाई खराव कर्जामा वर्गीकरण गरी १५० प्रतिशत जोखिम भार कायम गर्नु पर्नेछ ।

News by सेयर कर्जाको सीमा १२ करोडमै सिमित, सहकारीले ५ करोडसम्म ऋण पाउने :