चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1094 of 1097
  • 2026-10-02
  • 09:30:32
  • शुक्रबार,आश्विन १६, २०८३

About Author

बाटोले नछुने जग्गा धितो राखेर पनि ऋण पाइने

कर्जा खबर। नेपाला राष्ट्र बैंकले कोभिडका कारण वित्तीय अवस्था र नगद प्रवाहमा नकारात्मक असर परेका ऋणीलाई बैंक तथा वित्तीय संस्था आफैले विश्लेषण गरी किस्ता रकम घटाइ भुक्तानी अवधि बढाइ दिन सक्ने भएका छन। मौद्रिक नीतिमा भएका कार्यक्रमहरु कार्यान्वयन गर्न मंगलबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले यसरी किस्ता घटाइ दिएको ऋणलाई पुनर्संरचना वा पुनर्तालिकीकरण नमानिने ब्यवस्था समेत गरिएको छ। कोभिडले ऋण भुक्तानी गर्न नसकेकाहरुलाई २०७८ पुस मसान्तसम्म भुक्तानी भ्यान थप गर्ने जिम्मा बैकहरुलाई छाडिएको छ। २०७९ असारसम्म पाक्ने ब्याजलाई छुट्टै हिसाब मिलान गरी अर्को दुई बर्षसम्म चार किस्तामा तिर्न पाइने ब्यवस्थासमेत गरिएको छ। एक करोडसम्मको कृषि, हस्तकला तथा सीपमूलक ब्यवसाय एवं उद्यम गर्नेले आधार दरमा थप २ प्रतिशत प्रिमियम तिरेरै ऋण पाउने भएका छन्। कसैले यो शीर्षकमा २० लाखसम्म ऋण लिन चाहेमा मोटर बाटो नपुगेको जग्गासमेत धितो राख्न सक्नेछ। सामान्यत धितो जग्गा मोटरयोग्य हुनु पर्नेछ। यस्तो ऋण सात दिनभित्र दिनु पर्नेछ। नदिने भए कारण खुलाउनु पर्नेछ।  

News by बाटोले नछुने जग्गा धितो राखेर पनि ऋण पाइने :