निर्वाचन आयोग भन्छ : फागुन २५ आसपासमा राष्ट्रपतिको निर्वाचन - Chaitanya News
  • 2026-06-29
  • 01:18:07
  • आइतबार,आषाढ १४, २०८३
  • निर्वाचन आयोग भन्छ : फागुन २५ आसपासमा राष्ट्रपतिको निर्वाचन

    निर्वाचन आयोग भन्छ : फागुन २५ आसपासमा राष्ट्रपतिको निर्वाचन

     

    काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २५ गतेको आसपासमा राष्ट्रपतिको निर्वाचन गराउने हिसाबले तयारी अघि बढाएको छ ।

    सरकारसँग अबका छलफल क्रममा आयोगले राष्ट्रपति निर्वाचनका लागि सोही मिति प्रस्तावित गर्ने मनस्थिति बनाएको आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो ।

    आयुक्त भण्डारीले भन्नुभयो, आयोगले फागुन २४ मा राष्ट्रपति निर्वाचन गराउने हिसाबले तयारी थालेका छौं, यद्यपि, निर्वाचनको मिति तोक्ने विषयमा सरकारसँग एक चरणको छलफल भइसकेको छ । अब फेरि छलफल गर्नुपर्ने देखिएको छ । दुई, तीन चरण सरकारसँग छलफल गरेपछि बल्ल निर्वाचनको मिति तोकिने छ ।

    वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी निर्वाचनको मिति तोक्नुपर्ने प्रावधान रहेको छ ।