प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको छलफल सम्पन्न, सरकारको भागवण्डाको टुंगो लार्‍यो - Chaitanya News
  • 2026-04-30
  • 00:33:28
  • बुधबार,बैशाख १६, २०८३
  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको छलफल सम्पन्न, सरकारको भागवण्डाको टुंगो लार्‍यो

    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको छलफल सम्पन्न, सरकारको भागवण्डाको टुंगो लार्‍यो

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सम्पन्न भएको छ। बिहान साढे १० बजेबाट सुरु भएको छलफल केहीबेर अघि सम्पन्न भएको ओलीको सचिवालयले जानकारी दिएको छ।

    सचिवालयले दिएको जानकारीअनुसार दाहाल–ओलीको छलफलले मन्त्रालयको भागवण्डासहित सभामुख र उपसभामुख उमेदवार पनि टुंगो लगाएको छ। तर, कसलाई कुन मन्त्रालय र सभामुख उपसभामुखमा को भनेर सचिवालयले खुलाउन चाहेन।

    प्रधानमन्त्रीज्यूले छलफल सकारात्मक रह्यो भरेसम्म सबै कुरा मिल्छ भन्दै निस्कनुभयो,” सचिवालय स्रोतले भन्यो।