भोटेकोशीमा आएको बाढी सम्पूर्ण नेपालीको साझा पीडा हो : प्रधानमन्त्री शाह - Chaitanya News
  • 2026-09-02
  • 13:45:42
  • बुधबार,भाद्र १७, २०८३
  • भोटेकोशीमा आएको बाढी सम्पूर्ण नेपालीको साझा पीडा हो : प्रधानमन्त्री शाह

    भोटेकोशीमा आएको बाढी सम्पूर्ण नेपालीको साझा पीडा हो : प्रधानमन्त्री शाह

    काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका नागरिकको मात्र नभई सम्पूर्ण नेपालीको छातीमा पीडा दिएको बताएका छन्।

    आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीले क्षणभरमै धेरैका आमाबुबा, दाजुभाइ र दिदीबहिनी खोसेर लगेको भन्दै गहिरो दुःख व्यक्त गरे। ‘भोटेकोशीमा आएको बाढीले क्षणभरमै आमाबुबा, दाजुभाइ र दिदीबहिनी खोसेर लग्यो,’ उनले संसदमा भने, ‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन, सम्पूर्ण नेपालीको छातीमा परेको पीडा हो।’

    विपद्को यो कठिन घडीमा सरकार पछि नहट्ने स्पष्ट पार्दै उनले प्राकृतिक प्रकोपविरुद्ध जुध्नुको विकल्प नभएको उल्लेख गरे। प्रधानमन्त्री शाहले थपे, ‘यो विपदमा लड्नुको हामीसँग विकल्प थिएन, हामी लडिरहेका छौँ।’

    उनले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका कार्यहरू तीव्र पारिएको र पुनर्निर्माणका लागि सरकारले ठोस योजनाका साथ काम गरिरहेको जानकारी समेत दिए। उनले विपद्को समयमा सबै राजनीतिक दल र नागरिकहरूलाई एकजुट भएर सामना गर्न आग्रह गरे।