धादिङको कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो एलपी ग्यास - Chaitanya News
  • 2026-09-01
  • 08:48:03
  • मंगलबार,भाद्र १६, २०८३
  • धादिङको कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो एलपी ग्यास

    धादिङको कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो एलपी ग्यास

    काठमाडौँ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रका लागि उपत्यकाबाहिरका उद्योगबाटै एलपी ग्यास भर्न (बोटलिङ गर्न) थालिएको छ।

    ग्यास बोकेका बुलेटहरू कृष्णभीर पार गर्न नसक्ने भएपछि नेपाल आयल निगमको अनुमतिमा उद्योगीहरूले बाहिरै सिलिन्डर भरेर उपत्यका पठाउन थालेका हुन्।

    नेपाल एलपी ग्यास उद्योगका अनुसार उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० का उद्योगहरूसँग समन्वय गरी ग्यास भर्न सुरु गरेका छन्।

    उपत्यका र आसपासका जिल्लामा मात्रै देशभरको कुल खपतको ४० प्रतिशतभन्दा बढी ग्यास आवश्यक पर्ने बताइएको छ । कृष्णभीरको बाटो नखुलेसम्म बाहिरका उद्योगमा ग्यास भरेर त्रिभुवन राजपथलगायत वैकल्पिक सडकमार्फत काठमाडौँ लगिने बताइएको छ ।

    हाल श्री ग्यासले बाबामा, श्रीकृष्णले साईबाबामा, श्रीरामले जानकीमा, नेपाल ग्यासले नेपाल गण्डकीमा तथा एभरेष्ट र सुगमले सहारा उद्योगमा सिलिन्डर भर्न सुरु गरिसकेका छन्। अन्य उद्योगहरूले पनि राजधानीबाहिरका प्लान्टहरूसँग समन्वय गरेर ग्यास भर्ने र ढुवानी गर्ने काम तीव्र बनाएका छन्।