सरकारी कोषमा रकम जम्मा छ, तर जनता भोकै छन् : ओली - Chaitanya News
  • 2026-08-31
  • 15:34:10
  • सोमबार,भाद्र १५, २०८३
  • सरकारी कोषमा रकम जम्मा छ, तर जनता भोकै छन् : ओली

    सरकारी कोषमा रकम जम्मा छ, तर जनता भोकै छन् : ओली

    काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारी कोषमा राहत र रकम जम्मा भएपनि रसुवा बाढी पीडित नागरिकहरू भोकभोकै बस्नु परेको बताएका छन्।

    आज (सोमबार) पार्टी कार्यालयमा एमाले बागमती र राजधानी प्रदेशले जम्मा गरेको राहत रकम बुझ्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

    एमालेले राहत सङ्कलन र वितरणमा सरकारको मात्र भर नपरी सबैसँग समन्वय गर्न चाहेको ओलीको भनाइ छ।

    ‘केन्द्र सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन्, राहत पुग्न पाएको छैन’, ओलीले भने, ‘यो स्थितिलाई अन्त्य गरौँ भनेर प्रयास गरिरहेका छौँ।’