काठमाडौँ– भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदी हुँदै आएको बाढीबाट पाँच जिल्लाका ४९ वटा वडा प्रभावित भएका छन्। जसमध्ये रसुवाका ४ वटा गाउँपालिका उत्तरगया, गोसाईंकुण्ड, आमाछेदिङमो र कालिका गाउँपालिकाका ११ वटा वडा प्रभावित भएका छन्। सबैभन्दा धेरै उत्तरगया गाउँपालिकाका ५ वटा (सबै) वडा प्रभावित भएका छन्।
त्यस्तै गोसाईंकुण्ड गाउँपालिका ४ वटा वडा र आमाछोदिङमोका एक एक वटा पालिका प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। त्यस्तै, नुवाकोटका चार वटा स्थानीय तह (तारकेश्वर, किस्पाङ, विदुर नपा,बेलकोटगढी नपा) का ११ वटा वडा प्रभावित भएका छन्।
धादिङका गल्छी, गजुरी, बेनिघाट रोराङ र सिद्धलेकका गरी १८ वटा वडा प्रभावित भएका छन् भने गोरखाको गण्डकी गाउँपालिकाका ५, तनहुँका देवघाट र आँबुखैरिनी गरी ४ वटा वडा प्रभावित भएका छन्।
सरकारले ५ जिल्लाका १५ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। बाढीबाट ९ सय ३ जनाको मृत्यु भैसकेको छ भने ४ हजार २४७ बेपत्ता छन्। यद्यपि, यो तथ्याङ्क अझै बढ्न सक्ने अनुमान गरिएको छ।
