बिमान दुर्घटना अपडेट : ६४ शव पोखरा स्वास्थ्य प्रतिष्ठानमा - Chaitanya News
  • 2026-04-29
  • 18:25:53
  • बुधबार,बैशाख १६, २०८३
  • बिमान दुर्घटना अपडेट : ६४ शव पोखरा स्वास्थ्य प्रतिष्ठानमा

    बिमान दुर्घटना अपडेट : ६४ शव पोखरा स्वास्थ्य प्रतिष्ठानमा

    पोखरा– आइतबार बिहान भएको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये ६४ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान राखिएको छ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा।डा। भरतबहादुर खत्रीका अनुसार एक बच्चासहित ६४ जनाको शव अस्पतालमा रहेका छन। जस मध्ये पाँचको सनाखत भएको छ भने शव नचिनिने अवस्थामा रहेकाले पहिचान गर्न कठिनाई भईरहेको उनले जानकारी दिए।

    अस्पताल परिसरमा मृतकका आफान्त र नातेदारहरुको भीड लागेको छ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार निशान्त आचार्य, संगीता शाही, लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, र सदारत अलिमियाको सनाखत भएको छ।