पोखरा बिमान दुर्घटनामा ओलीद्धारा दुःख ब्यक्त - Chaitanya News
  • 2026-05-10
  • 21:05:24
  • आइतबार,बैशाख २७, २०८३
  • पोखरा बिमान दुर्घटनामा ओलीद्धारा दुःख ब्यक्त

    पोखरा बिमान दुर्घटनामा ओलीद्धारा दुःख ब्यक्त

    काठमाडौं– पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

    ‘‘काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरलले अत्यन्त दुःखी छु,’ ओलीले भनेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

    ओलीले दुर्घटनाको प्रभावकारी उद्दारका लागि सरकारसँग आग्रहसमेत गरेका छन।

    आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९ एन–एएनसी विमान १० बजेर ५० मिनेटमा दुर्घटना भएको थियो। विमानमा ६८ जना यात्रुसहित ४ जना चालक दलका सदस्य थिए । जसमध्य ६४ जनाको शव फेला परेको छ।