आज इस्लाम धर्मका पैगम्बर मोहम्मदको १५०१ औँ जन्म जयन्ती मनाइँदै - Chaitanya News
  • 2026-08-26
  • 10:08:12
  • बुधबार,भाद्र १०, २०८३
  • आज इस्लाम धर्मका पैगम्बर मोहम्मदको १५०१ औँ जन्म जयन्ती मनाइँदै

    आज इस्लाम धर्मका पैगम्बर मोहम्मदको १५०१ औँ जन्म जयन्ती मनाइँदै

    काठमाडौँ– इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।

    मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ। पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो। पछि साउदी अरबको मदिनामा गए । उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भयो। अहिले हिजरी संवत् १४४८ चलिरहेको छ।

    जगत्को सृष्टिदेखि नै पवित्र स्थलका रूपमा रहेको मक्का मदिनामा पहिले सबै धर्मावलम्बीले पूजा आराधना गर्ने तीर्थस्थल थिए। मोहम्मदले उपदेश दिने क्रममा यहीँ कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको छ। कुरान अवतरित भएपछि यहाँ अरू धर्मावलम्बी कम भए। अनि इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थलका रूपमा मान्न थालियो। यसअघि जेरुसेलमलाई इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो । यसै कारण इस्लाम धर्मावलम्बी जीवनमा एक पटक मक्का मदिनामा गएर हज गर्न चाहन्छन्।

    इस्लाम धर्ममा महत्त्वपूर्ण योगदान गरेकाले उनीको उपदेशलाई स्मरण गरिन्छ। यस अवसरमा आज र्‍याली, सभालगायत कार्यक्रम गरिँदै छ। नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत स्थानमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ।