काठमाडौं– पोखरामा दुर्घटना भएको यति एअरलाइन्सको विमानको निर्माता कम्पनी एटीआरले दुर्घटनाको अनुसन्धानमा पूर्ण सहयोग हुने जनाएको छ।
नेपालमा एटीआर ७२–५०० विमान दुर्घटनाको खबर प्राप्त गरेको भन्दै एटीआरले पहिलो प्राथमिकता दुर्घटना प्रभावितहरूसँग रहेको र विशेषज्ञसहित अनुसन्धानमा पूर्ण सहयोग रहने जनाएको छ।
आज आइतवार काठमाण्डौबाट पोखराका लागि उडेको यति एअरलाइन्सको एटीआर जहाज पोखराको सेती खोँचमा खसेर दुर्घटना भएको छ। अहिलेसम्म ४० जनाभन्दा धेरैको शव निकालिएको प्रहरीले जनाएको छ।