काठमाडौं– आइतबार बिहान पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा चालक दलका चार जना सदस्यसहित ५३ जना नेपाली, १५ जना विदेशी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणले जारी गरेको विज्ञप्ति अनुसार काठमाडौंबाट स्थानीय समय अनुसार विहान १०ः ३२ बजे पोखराको लागि उडेको यति एयरको विमान दुर्घटना भएको थियो।
उक्त विमानमा नेपाली ५३ जना विदेशीहरु मा भारतिय ५, रशियन ४, आयरल्यान्ड अस्ट्रेलियन अर्जेन्टिनि १, कोरियन २ फान्सेलि १ गरि जम्मा ८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित ७२ जना रहेको प्राधिकरणाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विमान पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थिति सेतीको खोंचमा खसेको थियो। दुर्घटनामा परेका यात्रुहरुमध्ये अहिलेसम्म ३२ जनाको शव निकाललिएको छ।
