यतीको टिकट रद्द गरेका चर्चित लोकगायक पशुपति शर्मा भन्छन्  : कर्म र ग्रहले जोगायो - Chaitanya News
  • 2026-10-21
  • 20:52:02
  • बुधबार,कार्तिक ०५, २०८३
  • यतीको टिकट रद्द गरेका चर्चित लोकगायक पशुपति शर्मा भन्छन्  : कर्म र ग्रहले जोगायो

    यतीको टिकट रद्द गरेका चर्चित लोकगायक पशुपति शर्मा भन्छन्  : कर्म र ग्रहले जोगायो

    काठमाडौं– ६८ जना यात्रु र चालक दलका चारजनासहित आज बिहान ११ः१० बजे उडेको यती एयरलाइन्सको विमान पोखरा उपत्यकाको सेती नदी खोंचमा खस्यो। दुर्घटनाग्रस्त विमानबाट हालसम्म ४१ जना निकालिएको र तीमध्ये बढीमा २ जनामात्र जीवित रहेको प्रारम्भिक अनुमान छ।

    चर्चित लोकगायक पशुपति शर्मा भने भाग्यबस सो दुर्घटनामा पर्नबाट जोगिएका छन्। उनले आज यही विमानबाट पोखरा जाने टिकट रद्द गराएका थिए। साथै पोखराबाट पर्खिन आज विमानको प्रतीक्षामा थिए। अचानक दुर्घटनाको खबर पाएपछि उनी स्तब्ध छन्। कर्म र ग्रहले आफू दुर्घटनाबाट बचेको उनको भनाइ छ।