नेपालमा चल्ने हवाईजहाज कम्पनी गुणस्तरीयमा व्यापक चेक जाँच गर्न आवश्यक छ : ज्ञानेन्द्र शाही - Chaitanya News
  • 2026-06-25
  • 17:21:22
  • बिहिबार,आषाढ ११, २०८३
  • नेपालमा चल्ने हवाईजहाज कम्पनी गुणस्तरीयमा व्यापक चेक जाँच गर्न आवश्यक छ : ज्ञानेन्द्र शाही

    नेपालमा चल्ने हवाईजहाज कम्पनी गुणस्तरीयमा व्यापक चेक जाँच गर्न आवश्यक छ : ज्ञानेन्द्र शाही

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले नेपालमा चल्ने जहाजको गुणस्तरीयतामा व्यापक चेकजाँच गर्नुपर्ने बताएका छन्।

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा परेपछि उनले फेसबुकमा लेखेका छन्, ‘संसारमै सबैभन्दा सुरक्षित मानिएको हवाई यातायात नेपालमा भने जोखिम र असुरक्षित बन्दै गइरहेको छ धेरैले भन्ने गर्छन् नेपाल भौगोलिक रूपमा अप्ठ्यारो छ तर वास्तविकता होइन नेपालमा चल्ने हवाईजहाज कम्पनी गुणस्तरीयमा व्यापक चेक जाँच गर्न आवश्यक छ। आजको पोखरामा भएको यति एयर को दुर्घटना एउटा ज्वलन्त उदाहरण हो।’

    आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा चालक दलका चार र ६८ यात्रु सवार रहेको बताइएको छ।

    आइतबार बिहान काठमाडौंबाट पोखरा विमानस्थलमा उडेको जहाज विमानस्थल नजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो। कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले अहिले उद्धार कार्य जारी रहेको र हालसम्म जीवित भेट्न नसकिएको जनाएका छन्।