कर्णाली प्रदेशको सभामुखमा नन्दा गुरुङ निर्वाचित - Chaitanya News
  • 2026-05-10
  • 21:05:25
  • आइतबार,बैशाख २७, २०८३
  • कर्णाली प्रदेशको सभामुखमा नन्दा गुरुङ निर्वाचित

    कर्णाली प्रदेशको सभामुखमा नन्दा गुरुङ निर्वाचित

    सुर्खेत– कर्णाली प्रदेशको सभामुख पदमा नन्दा गुरुङ निर्वाचित भएका छन। आइतबार भएको मतदानबाट संसदको २४ मत पक्षमा प्राप्तगरी सभामुखमा गुरुङ निर्वाचित भएका सभाध्यक्ष महेन्द्र विष्टले घोषणा गरे।

    नेकपा (एमाले) कि गुरुङलाई सत्तारुढ गठबन्धन दल नेकपा (माओवादी केन्द्र), राप्रपा र एकीकृत समाजवादीको समर्थन रहेको थियो। उनको प्रस्तावकमा एमाले संसदीय दलका नेता यामलाल कँडेल र मुख्यमन्त्री राजकुमार शर्मा समर्थक बसेका थिए।

    ४० सदस्यीय संसदमा आइतबार मतदान प्रक्रियामा ३८ जनाको सहभागीता रहेको थियो। जसमध्ये सभामुख पदका अर्का उम्मेदवार कांग्रेसका खड्गबहादुर पोखरेलको पक्षमा १४ मत र गुरुङको पक्षमा २४ मत खसेको थियो।