कांग्रेसले सरकारलाई विश्वासको मत दिएर सरकारलाई काम गर्न नदिने मनसाय राख्यो : सांसद श्रेष्ठ - Chaitanya News
  • 2026-05-10
  • 21:05:24
  • आइतबार,बैशाख २७, २०८३
  • कांग्रेसले सरकारलाई विश्वासको मत दिएर सरकारलाई काम गर्न नदिने मनसाय राख्यो : सांसद श्रेष्ठ

    कांग्रेसले सरकारलाई विश्वासको मत दिएर सरकारलाई काम गर्न नदिने मनसाय राख्यो : सांसद श्रेष्ठ

    काठमाडौं– नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले कांग्रेसले सरकारलाई विश्वासको मत दिएर सरकारलाई राम्ररी काम गर्न नदिने मनसाय राखेको बताएका छन्। शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले कांग्रेसले वर्तमान सरकारलाई दिएको समर्थनप्रति आशंका व्यक्त गरेका हुन्।

    उनले सत्तारुढ गठबन्धनको पर्याप्त बहुमत हुँदाहुँदै कांग्रेसले सरकारलाई मत दिएर लोकतन्त्रको उपहास गरेको बताए। उनले सरकारलाई राम्ररी काम गर्न नदिएर कुत्सित मनसायका साथ नेपाली कांग्रेसले जाल फिँजाएको पनि बताए।

    सांसद श्रेष्ठले काँग्रेसले प्रतिपक्षी बेन्चमा बसेर पनि आफ्नो भूमिका निर्वाह गर्नसक्ने भएपनि त्यसो नगरेकोमा संशय व्यक्त गरे। उनले सरकारलाई अस्थिर बनाउने बारे नसोच्न कांग्रेसलाई आग्रह गरे। उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्दै अगाडि बढ्नुपर्ने बताए।