आगामी दिनमा हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्छौं : प्रधानमन्त्री - Chaitanya News
  • 2026-05-10
  • 21:05:45
  • आइतबार,बैशाख २७, २०८३
  • आगामी दिनमा हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्छौं : प्रधानमन्त्री

    आगामी दिनमा हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्छौं : प्रधानमन्त्री

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले सात वटै प्रदेशमा हस्तकला उद्योग बिस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    शुक्रवार ललितपुरमा नेपाल हस्तकला महासंघको कार्यक्रममा प्रधानमन्त्री दाहालले हस्तकला उद्योगलाई सात वटै प्रदेशमा बिस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। वागमती प्रदेशले हस्तकला उद्योगकलाई प्रवद्र्धन गर्ने कामको थालनी गरिसकेको भन्दै उनले सरकारले आगामी दिनमा सात वटै प्रदेशमा हस्तकला क्षेत्रको प्रवद्र्धन गर्ने बताएका छन्। हस्तकला नेपालका लागि विकासको अग्र्यानिक क्षेत्र भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपालकै वस्तुहरुको प्रयोगबाट नेपालीहरुकै सीप र जाँगरलाई प्रयोग गरी विश्वभर व्यापार गर्नसकिने यो क्षेत्रको प्रवद्र्धन सरकार लाग्ने बताएका छन्।

    प्रधानमन्त्री दाहालले आफूले यस पटक राम्रा बाहेकका काम गर्दै नगर्ने प्रण लिएको दोह¥याए। प्रधानमन्त्रीको तेस्रो कार्यकाललाई जनताको ठूलो अग्निपरीक्षाको रुपमा लिएको भन्दै उनले यसमा पास भएर देखाउनुपर्ने बताए। उनले विद्यालयको पाठ्यक्रममा नै हस्तकला समावेश गरेर पुस्तान्तरण गर्ने योजना अनुसार ११ लाख प्रत्यक्ष र परोक्ष सदस्यलाई बढाउँदै लैजाने प्रतिवद्धता जनाए।

    प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई राम्रो विश्वासमा नलिकन सरकारले अर्थतन्त्रमा देखापरेका समस्याको समाधान गर्न सम्भव नरहेको पनि उल्लेख गरे।