तेस्रोपटक प्रधानमन्त्री हुनु मेरो परीक्षा हो, मलाइ विश्वास छ उत्तिर्ण हुन्छु : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-04-29
  • 18:25:40
  • बुधबार,बैशाख १६, २०८३
  • तेस्रोपटक प्रधानमन्त्री हुनु मेरो परीक्षा हो, मलाइ विश्वास छ उत्तिर्ण हुन्छु : प्रधानमन्त्री प्रचण्ड

    तेस्रोपटक प्रधानमन्त्री हुनु मेरो परीक्षा हो, मलाइ विश्वास छ उत्तिर्ण हुन्छु : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रोपटक प्रधानमन्त्री हुनु आफ्ना लागि परीक्षा भएको र उत्तीर्ण हुने विश्वास व्यक्त गरेका छन्।

    शुक्रबार काठमाडौंमा नेपाल हस्तकला महासङ्घको ४२ औँ साधारणसभालाई उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यसपटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा आफू प्रतिवद्ध रहेको र परीक्षामा उत्तीर्ण हुने विश्वास व्यक्त गरे। उनले निर्वाचनले आफूहरुलाई मिलेर जाने जनमत दिएको भन्दै कसैलाई पनि अहंकार गर्ने अभिमत जनताले नदिएको स्पष्ट पारे।

    प्रधानमन्त्री प्रचण्डले इमान्दार भएर जनताको पक्षमा राम्रो काम नगरे परीक्षामा पास हुन नसकिने जिकिर गरे। आफूले मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै आर्थिक विकास र समृद्धिका लागि केही कदम चालेको उनको भनाइ छ।

    उनले नेपाली हस्तकलाको मौलिक सिपलाई पुस्तान्तरणका लागि सरकारको तर्फबाट सार्थक सहयोग रहने बताए। उनले हस्तकला क्षेत्र नेपालका लागि अग्र्यानिक क्षेत्र भएको र यसलाई राम्रोसँग विकास गर्न सकिए व्यापार घाटा कम गर्न सकिने धारणा राखे।