लुम्बिनीमा सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते - Chaitanya News
  • 2026-05-10
  • 19:57:52
  • आइतबार,बैशाख २७, २०८३
  • लुम्बिनीमा सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते

    लुम्बिनीमा सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते

    वुटवल– लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते हुने भएको छ।

    माघ ३ गते दिउँसो एक बजे बस्ने प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख र उपसभामुख निर्वाचन हुने प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।

    जारी सुचना अनुसार माघ २ गते दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म प्रदेशसभाको भावी सभामुख र उपसभामुख पदका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ।

    सोही दिन बेलुका साढे ५ बजे उम्मेदवारहरूको सूची प्रकाशन गरिने र माघ ३ गते दिउँसो १ बजे सभामुख र उपसभामुखको निर्वाचन हुने लुम्बिनी प्रदेश सभा सचिवालयले जारी गरेका सूचनामा उल्लेख छ।