गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत - Chaitanya News
  • 2026-04-29
  • 18:25:41
  • बुधबार,बैशाख १६, २०८३
  • गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

    गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

    काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन्। प्रदेश सभाको आज बसेको बैठकमा अधिकारीले विश्वासको मत मागेका थिए।

    उनले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो।

    मुख्यमन्त्री अधिकारीलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदले विश्वासको मत दिएका हुन्। उनलाई नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका ८ र राप्रपाका २ जना गरि ३१ सांसदले विश्वासको मत दिएका हुन्।

    गण्डकी प्रदेशमा नेकपा एमालेका २२ जना सांसद रहेका छन्। तर, ज्येष्ठ सदस्यको हैसियतमा सभा सन्चालन गरेका एमाले सांसद मित्रलाल बस्याल मतदानमा सहभागी भएनन्।

    ६० सदस्य रहेको प्र्रदेश सभामा विश्वासको मतका लागि अधिकारीलाई ३१ मत आवश्यक थियो। त्यहाँको विश्वासको मतको विपक्षमा २७ सिटसहित सबभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ।

    अधिकारी २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनी मुख्यमन्त्रीमा नियुक्त हुँदा उनलाई समर्थन गरेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे भने आजको प्रदेशसभा बैठकमा उपस्थित नै भएनन्।