बागमती प्रदेश सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित - Chaitanya News
  • 2026-05-10
  • 19:57:33
  • आइतबार,बैशाख २७, २०८३
  • बागमती प्रदेश सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित

    बागमती प्रदेश सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित

    काठमाडौं– बागमती प्रदेश सभा सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक ६२ मत ल्याएर निर्वाचित भएका हुन्।

    उनको विपक्षमा ४९ मत परेको छ भने सातजना प्रदेशसभा सदस्य तटस्थ बनेका छन्।

    शुक्रबार नै बागमती प्रदेशसभाले प्रमुख विपक्षी नेपाली कांग्रेसका शिवराज अधिकारी र नेमकिपाकी सृजना सयजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो।