मकवानपुरमा स्कुटर दुर्घटना: तीन जनाको मृत्यु - Chaitanya News
  • 2026-04-29
  • 17:10:20
  • बुधबार,बैशाख १६, २०८३
  • मकवानपुरमा स्कुटर दुर्घटना: तीन जनाको मृत्यु

    मकवानपुरमा स्कुटर दुर्घटना: तीन जनाको मृत्यु

    काठमाडौं-  मकवानपुरको मनहरिमा गए राति स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मनहरि गाउँपालिका–८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय रुपेश तामाङ रहेका छन् ।

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरि गाउँपालिका–९ ज्यामिरे भलादमीचोकमा ना३९प १४३९ नंको स्कुटर दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते उनीहरूको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

    दुर्घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।