अर्थमन्त्री पौडेलले गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्ने - Chaitanya News
  • 2026-04-29
  • 17:09:13
  • बुधबार,बैशाख १६, २०८३
  • अर्थमन्त्री पौडेलले गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्ने

    अर्थमन्त्री पौडेलले गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्ने

    काठमाडौं-  उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्ने भएका छन् ।

    गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिमखडाका अनुसार मन्त्री पौडेलले ‘पढ्दै कमाउँदै’ परियोजनाको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने भएका हुन् ।

    आइतबार साँझ नेपाली समय ५ बजे भर्चुअल प्रविधिमार्फत आयोजना हुने सो अन्तरक्रिया कार्यक्रमलाई संघका पूर्वअध्यक्षहरु डा..उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्त लगायत एक दर्जन सांसदसहित करिब डेढ दर्जन वक्ताले सम्बोधन गर्ने भएका छन् ।