काठमाडौं– नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भुसाल शुक्रबार नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन्।
शुक्रबार बानेश्वरको एक होटलमा पत्रकार सम्मेलन गरेर भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको उनको सचिवालयले जनाएको छ।
गत मंसिर ४ मा सम्पन्न चुनावमा एमालेले टिकट नदिएपछि भुसालले एमाले छाडेर तत्कालीन सत्तागठबन्धनको समर्थनमा रुपन्देहीबाट उम्मेदवारी दिएका थिए। सो चुनावमा उनी एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए।
एकीकृत समाजवादीले भुसाललाई भोलि नै सचिवालय सदस्यमा मनोनयन गर्ने तयारी गरेको छ। भुसालले एकीकृत समाजवादीमा रहेर ठूला पार्टीलाई एक बनाउन पहल गर्ने दाबी गरेका छन्।