प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा राजनीतिक छलफल - Chaitanya News
  • 2026-06-25
  • 15:06:40
  • बिहिबार,आषाढ ११, २०८३
  • प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा राजनीतिक छलफल

    प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा राजनीतिक छलफल

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक विषयमा छलफल भइरहेको छ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओली र प्रधानममन्त्री प्रचण्डबीच छलफल भइरहेको हो। छलफलमा उनीहरुबीच मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुख चयनसहित शक्ति बाँडफाँटका विषयमा कुराकानी भइरहेको छ।

    बिहीबार नै बस्ने भनिएको सत्तारुढ गठबन्धन बैठकअघि उनीहरुबीच भेटवार्ता भएको हो।

    यसअघि वुधबार साँझ पनि ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भएको थियो।