स्रोत नखुलेको नगद ७ लाख ९ हजार रकमसहित एक जना पक्राउ - Chaitanya News
  • 2026-10-20
  • 18:06:48
  • मंगलबार,कार्तिक ०४, २०८३
  • स्रोत नखुलेको नगद ७ लाख ९ हजार रकमसहित एक जना पक्राउ

    स्रोत नखुलेको नगद ७ लाख ९ हजार रकमसहित एक जना पक्राउ

    मोरङ– विराटनगरबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–७ स्थित माछापुच्छ्रे बैंक अगाडिबाट स्रोत नखुलेको नगद ७ लाख ९ हजार रुपैयाँ, विभिन्न बैंकको एटिएम कार्ड १४ थान, विभिन्न बैंकको चेक ९ थान र को।२४ प ७९८४ नम्बरको मोटरसाइकल सहित सोही महानगरपालिका–१८ बस्ने ३६ वर्षीय रवि प्रकाश साहलाई प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यतालय मोरङबाट खटिएको प्रहरीले रविलाई उक्त नगद र विभिन्न बैंकका चेक तथा एटिएम कार्डसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।