अर्घाखाँचीमा जिपको ठक्करबाट एक जनाको मृत्यु - Chaitanya News
  • 2026-10-20
  • 18:06:49
  • मंगलबार,कार्तिक ०४, २०८३
  • अर्घाखाँचीमा जिपको ठक्करबाट एक जनाको मृत्यु

    अर्घाखाँचीमा जिपको ठक्करबाट एक जनाको मृत्यु

    अर्घाखाँची– अर्घाखाँचीको सितगंगा नगरपालिका–४ मा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७० वर्षीय ज्ञान बहादुर नेपाली रहेका छन्। घाइते भएका नेपालीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको हो।

    भेडामारेबाट अमराई तर्फ आउँदै गरेको लु ३ च ३३२० नम्बरको जिपले नेपालीलाई बिहीबार बिहान साढे ९ बजे ठक्कर दिएको हो। ठक्कर दिने जिपसहित चालकलाई ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीले नियन्त्रणमा लिएको छ।