सर्वोच्चको आदेशपछि नेपाल प्रहरी इन्स्पेक्टर भर्नामा ८ सिट थप,अब २९ जनाले पाउने अवसर - Chaitanya News
  • 2026-07-24
  • 10:37:15
  • शुक्रबार,साउन ०८, २०८३
  • सर्वोच्चको आदेशपछि नेपाल प्रहरी इन्स्पेक्टर भर्नामा ८ सिट थप,अब २९ जनाले पाउने अवसर

    सर्वोच्चको आदेशपछि नेपाल प्रहरी इन्स्पेक्टर भर्नामा ८ सिट थप,अब २९ जनाले पाउने अवसर

    काठमाडौँ– सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्दै नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको खुला प्रतियोगितात्मक भर्नामा ८ सिट थप गरेको छ।

    नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले जारी गरेको सूचनाअनुसार गत २०८२ मंसिर २६ गते प्रकाशित विज्ञापन संशोधन गर्दै अब इन्स्पेक्टर पदमा कुल २९ जनाको पदपूर्ति गरिनेछ।

    प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/८० मा समावेशी समूहअन्तर्गत समावेश हुनुपर्ने तर छुट्न पुगेका वास्तविक पदहरूको क्षतिपूर्तिस्वरूप सम्मानित सर्वोच्च अदालतको परमादेश बमोजिम थप सिट समावेश गरिएको हो।

    संशोधित व्यवस्थाअनुसार कुल २९ पदमध्ये १६ पद खुला प्रतिस्पर्धाबाट पूर्ति गरिनेछ भने बाँकी पद समावेशी समूहअन्तर्गत प्रचलित कानुनअनुसार पदपूर्ति गरिने नेपाल प्रहरीले जनाएको छ।

    प्रहरीले पदपूर्ति प्रक्रिया प्रचलित कानुनी व्यवस्था र समावेशी सिद्धान्तअनुसार अघि बढाइने पनि स्पष्ट पारेको छ।