काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशमा पञ्चायतकालभन्दा पनि दमनसहितको शासन चलिरहेको बताएका छन्।
आज (बिहीबार) पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘पञ्चायतकालमा पनि यस्तो बर्बरता थिएन।’
उनले आफूलाई पक्राउ गर्दा पनि दमन गरिएको आरोप लगाए। उनले आफूलाई पक्राउ गर्दा पार्टीका नेता कार्यकर्ताले विरोध गर्दा राज्यले दमन गरेको पनि बताए।
त्यस्तै उनले प्रहरीको भूमिका माथि पनि प्रश्न उठाए।
‘कुन दमन कुन बर्बर्ता ? कुन राणा शासनमा छु भन्ने लागेको छ सरकारलाई ? प्रहरी फेरि के भएको हो ?,’ ओलीले थपे, ‘यिनीहरूले नै हैन अस्ति प्रहरीलाई लखेटी लखेटी दुःख दिएको ? अहिले केही प्रहरी तिनैको आदेशमा दमन गर्न लागिपरेका छन्।’
उनले सरकार आफैँ सच्चिएन भने सरकारको दमनलाई रोक्न जनता जाग्नुपर्ने पनि बताए।