1. नेपालले सर्वप्रथम राजदुतावास कुन देशमा खोलेको थियो ?
A. बेलायत B. अमेरिका C. भारत D. जापान
2. युरोपेली आर्थिक समुदायका संस्थापक ६ राष्ट्र (Inner Six) भित्र कुन मुलुक पर्दैन् ?
A. फ्रान्स B. बेल्जियम C. पोर्चुगल D. जर्मनी
3. तलको भनाई अध्ययन गर्नुहोस् र उपयुक्त उत्तर चयन गर्नुहोस् ।
१.युरोपेली संघको प्रधानकार्यालय बेल्जियमको,बु्रसेल्समा रहेको छ ।
२.ASEAN को ११ औ सदस्य राष्ट्र कम्बोडिया हो ।
३.ASEAN का हालका महासचिव Dr. Kao Kim Hourn हुन् ।
A. १ र २ मात्र ठिक B. १ र ३ मात्र ठिक C. २ र ३ मात्र ठिक D. सबै ठिक
4. MRR Vaccine कुन सरुवा रोगबाट बचावट गर्नका लागि दिइन्छ ?
A. दादुरा B. हाँडे C. रुबेला D. माथिका सबै
5. १६ औं योजनाको राष्ट्रिय लक्ष्य, गन्तव्य र सूचकको जोडामा तलका मध्ये कुन चाहिँ गलत छ ?
A. गरिबीको रेखामुनि रहेको जनसंख्या (निरपेक्ष) – १२ (प्रतिशत)
B. प्रतिव्यक्ति राष्ट्रिय आय – २२०० (अ.डलर)
C. वार्षिक राजस्व वृद्धिदर – १२.४ (प्रतिशत)
D. वार्षिक पर्यटन आगमन – २४ लाख
6. ‘For a long planet’ भन्ने नारा……. संस्थाको हो ।
A) UNEP B) WWF C) Cites out D) IUCN
7. एउटा घडी 1920 मा बेच्दा जति प्रतिशत नाफा हुन्छ 1280 मा बेच्दा त्यति नै प्रतिशत घाटा हुन्छ । अब उक्त सामान25% नाफा गर्न कतिमा बेच्नु पर्ला ?
(A) Rs. 2000 (B) Rs. 2200 (C) Rs. 2400 (D) 2500
9.एउटा कक्षामा Math, Science / English df 5:7:8 को अनुपातमा छन् । सो अनुपातमा 40%, 50% र 75% ले क्रमश सिट बनाउँदा नयाँ सिटको विषयगत अनुपात कति हुन्छ ?
(A) 6:7:8 (B) 5:7:8 (C) 2:3:4 (D) 7:8:9
10. एउटा रेल एउटा ठाउँ A बाट बिहान 6 बजे सुरु हुन्छ र अर्को ठाउँ B मा साँझ 4.30 बजे आइपुग्छ । यदि ट्रेनको गति 40 किमी प्रति घण्टा छ भने, ट्रेनले यात्रा गरेको दूरी पत्ता लगाउनुहोस्?
A. 400 km B. 320 km C. 230 km D. 420 km
11.एक खुद्रा विक्रेताले बिक्री मूल्य 25% ले बढाउँछ जसको कारण उसको नाफा प्रतिशत 20% बाट 25% सम्म बढ्छ भने उक्त सामानको लागत मूल्यमा कति प्रतिशत वृद्धि भयो ?
A. 20% B. 30% C. 25% D. 50%
12. सामाजिक कार्यको लागि 64 जना केटा र 40 जना केटीहरूले एउटा समूह बनाए। उनीहरूको सदस्यता अभियानको क्रममा, उत्तिकै संख्यामा केटा र केटीहरू समूहमा सामेल भए। यदि केटा र केटीहरूको अनुपात 4 : 3 छ भने, समूहमा अहिले कति सदस्यहरू छन्?
A. 150 B. 168 C. 136 D. None of these
13. तल उल्लिखित गरिएको मध्ये कुन चीन सरकारको सहयोगमा निर्माण गरिएको होइन ?
A. काठमाडौं–चक्रपथ B. नारायण – मुग्लिङ सडक C. लामोसाँघु–जिरी सडक D. अरनिको हाईवे
14. मिल्ने समूह बिचमा जोडा मिलाउनुहोस् ।
समुह I समुह II कोडः
a. धारा १८, 1. खाद्य सम्बन्धी हक, A) 1-d,2-c,3-b,4-a
b. धारा २४, 2. नागरिकका कर्तव्य, B) 1-c,2-d,3-b,4-a
c. धारा ३६, 3. छुवाछुत तथा भेदभाव विरुद्वको हक, C) 1-a,2-b,3-c,4-d
d. धारा ४८, 4. समानताको हक, D) 1-d,2-c,3-a,4-b
15. तलका भनाईहरु अध्ययन गरी गलत भनाई पहिचान गर्नुहोस् ।
A. Man of Blood & Iron भनेर जर्मनीका विस्मार्कलाई चिनिन्छ ।
B. Light of world भनेर जिसस क्राइस्टलाई चिनिन्छ ।
C. ‘Man of Destiny’ भनेर नेपोलियन बोनापार्टलाई चिनिन्छ ।
D. ‘Daughter of East’ भनेर इन्दिरा गान्धीलाई चिनिन्छ ।
16. गोरखापत्र सम्बन्धमा तलका भनाई अध्ययन गर्नुहोस् र सहि विकल्प छनौट गर्नुहोस् ।
(१) गोरखापत्रको ४६ औ भाषा कुलुङ राई हो ।
(२) गोरखापत्र प्रकाशन हुँदा नेपालका राजा पृथ्वी वीर विक्रम शाह थिए ।
(३) वि.सं.२०२० असार २५ मा गोरखापत्र संस्थानको स्थापना भएको थियो ।
(४) बालकृष्ण सम पहिलो प्रधानसम्पादकको रुपमा नियुक्त भएका थिए ।
A. १, ३ र ४ मात्र ठिक B. ३ र ४ मात्र ठिक C. १,२,३ र ४ ठिक D. ४ मात्र ठिक
17.वस्तु X को मूल्य प्रत्येक वर्ष 40 पैसाले बढ्छ, जबकि वस्तु Y को मूल्य प्रत्येक वर्ष 15 पैसाले बढ्छ। यदि 2001 मा वस्तु X को मूल्य 4.20 रुपैयाँ थियो र Y को मूल्य 6.30 रुपैयाँ थियो भने, कुन वर्ष वस्तु X को मूल्य वस्तु Y भन्दा 40 पैसा बढी हुनेछ?
A. 2010 B. 2011 C. 2012 D. 2013
18.एउटा सहरमा ४०% वयस्कहरू (Adults) निरक्षर छन् भने ८५% केटाकेटीहरू (Children) साक्षर छन्। यदि वयस्क र केटाकेटीको अनुपात २:३ छ भने, उक्त सहरको कुल जनसंख्याको कति प्रतिशत साक्षर छन्?
(A) 20% (B) 25% (C) 50% (D) 75%
19.A ले ५ पटक गोली हान्दा B ले ३ पटक गोली हान्छ। तर, A ले हानेको ३ मध्ये १ गोलीले मात्र शिकार मार्छ भने B ले हानेको २ मध्ये १ गोलीले शिकार मार्छ। जब B ले २७ पटक निशाना चुकाउँछ (Miss), तबसम्म A ले कतिवटा शिकार मारिसकेको हुन्छ?
(A) 30 birds (B) 60 birds (C) 72 birds (D) 90 birds
20.सुजन पूर्वतर्क ५०० मिटर हिंड्छ र त्यसपछि बायाँ मोडिएर ६०० मिटर हिँड्छ। त्यहाँबाट उ दायाँतर्फ मोडिएर ९०० मिटर हिंड्छ र अन्तमा आफ्नो दायाँतिर फर्किन्छ र ६०० मिटर हिँड्छ भने शुरुवात बिन्दुबाट उ कति टाढा पुगेको होला?
(A) ८०० मिटर (B) १२०० मिटर (C) १४०० मिटर (D) १८०० मिटर
उत्तरः
1. A 11. C
2. C 12. B
3. B 13. C
4. D 14. B
5. D 15. D
6. B 16. C
7. A 17. B
8. B 18. D
9. C 19. D
10. D 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100