राष्ट्रिय सभा बैठक भोलि बस्दै, एक बुँदे सम्भावित कार्यसूची सार्वजनिक - Chaitanya News
  • 2026-05-10
  • 20:05:27
  • आइतबार,बैशाख २७, २०८३
  • राष्ट्रिय सभा बैठक भोलि बस्दै, एक बुँदे सम्भावित कार्यसूची सार्वजनिक

    राष्ट्रिय सभा बैठक भोलि बस्दै, एक बुँदे सम्भावित कार्यसूची सार्वजनिक

    काठमाडौं– राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दै छ। शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ।

    एक बुँदे सार्वजनिक सम्भावित कार्यसूचीका अनुसार संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक माननीय खिमलाल देवकोटाले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यक्रम रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए।