Chaitanyakhabar
काठमाडौँ– नेपाल टेलिकमको विभिन्न पदका लिखित परीक्षाका लागि भवन कायम गरिएको छ।
आज (बिहीबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै पूर्वप्रकाशित विज्ञापन अनुसारका पदहरूमा दरखास्त दिएका परीक्षार्थीहरूका लागि परीक्षा भवन कायम गरिएको हो।
मनभित्रको विश्वयुद्ध : अहङ्कारका हतियार र आत्मज्ञानको निर्णायक प्रहार
पूर्वीय प्रज्ञाको उज्यालोमा सुशासनको मानवीय यात्रा
दसैँको दिन धनगढी उपमहानगरले निःशुल्क यातायात सेवा दिने
साइत कुर्न नसक्नेले पनि टीका लगाउन मिल्ने
(अनुभुति): तोमनाथ उप्रेती: बिहानको धुम्म आकाशमुनि प्रकृति कुनै रहस्यमयी प्रेमिकाझैँ सजिएकी थिई। बादलका नरम घुम्टाहरूले पहाडका शिखरलाई स्पर्श गरिरहेका थिए। हावाले वनस्पतिका कोमल पातहरूमा मधुर कम्पन जगाइरहेको थियो। ओसले भिजेका फूलका पत्रहरूमा सूर्यका पहिलो किरणहरू चुम्बनझैँ खसिरहेका थिए। त्यो दृश्यमा एउटा अव्यक्त आकर्षण थियो। एउटा यस्तो मोहकता, जसले शब्दभन्दा पहिले हृदयलाई छुन्थ्यो। नदीको छातीमा बगिरहेको…
(नियात्रा) तोमनाथ उप्रेती: बिहान अझै पूर्ण रूपमा खुलेको थिएन। पूर्वको आकाशमा हल्का सुनौलो रङ फैलिँदै थियो। सडक सुनसान थियो। सहर बिस्तारै ब्युँझँदै थियो। कतै चिया पसलको धुवाँ उठिरहेको थियो। कतै साइकलको घण्टी बजिरहेको थियो। म यात्रामा निस्किएँ। गन्तव्य कुनै एउटा ठाउँ थिएन। म एउटा प्रश्न बोकेर हिँडेको थिएँ—सुशासन आखिर कहाँबाट सुरु हुन्छ? कानुनबाट? संस्थाबाट? कार्यालयको…
धनगढी: धनगढी उपमहानगरपालिकाले दसैँका दिन नागरिकलाई निःशुल्क यातायात सेवा उपलब्ध गराउने भएको छ। धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालका अनुसार दसैँको टीका थाप्न आवतजावत गर्ने नागरिकलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्न लागिएको हो। उपमहानगरपालिकाले धनगढीको ट्राफिक चौराह, सहिद गेट चोक र क्याम्पस चोकबाट उक्त सेवा उपलब्ध गराउने जनाएको छ। नगर प्रहरीमार्फत जिप र मोटरसाइकल…
काठमाडौँ– नेपालीको महान् चाड बडादशैंको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ। आश्विन शुक्ल दशमीका अवसरमा आज मान्यजनको हातबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०ः२६ बजे रहेको छ। विजयादशमीका दिन घरघरमा गुरु, पुरोहित, हजुरबुबा,…
तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: मानव सभ्यताको दीर्घ यात्रालाई नियाल्दा पूर्वीय अर्थात् पौरस्त्य चिन्तन मानव चेतनाको गहिराइमा प्रवेश गर्ने एउटा विशाल बौद्धिक परम्परा हो। यसको केन्द्रमा मानिस र प्रकृतिको सम्बन्ध, आत्मा र चेतनाको स्वरूप, नैतिक जीवन, कर्तव्य, करुणा, संयम, सहअस्तित्व र अन्ततः जीवनको परम अर्थबारेको खोज रहेको पाइन्छ। भारतीय वैदिक परम्परा, उपनिषद्, बौद्ध दर्शन, जैन…
काठमाडौँ– बडादशैं तथा नवरात्रको नवौँ दिन आज नवदुर्गामध्येकी नवौँ स्वरूप सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल नवमीका अवसरमा घरघरका दशैंघर तथा पूजाकोठामा विधिपूर्वक देवीको आह्वान गरी पूजा गर्ने परम्परा छ। नवरात्रका नौ दिनसम्म गरिने दुर्गा भवानीको विशेष आराधनाअन्तर्गत नवौँ दिनलाई धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। वैदिक सनातन धर्मावलम्बीले नवरात्रका नौ दिनसम्म क्रमशः नवदुर्गाका विभिन्न…