राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हेरेर प्रचण्डलाई विश्वासको मत दियौं : शेखर कोइराला - Chaitanya News
  • 2026-05-10
  • 20:05:42
  • आइतबार,बैशाख २७, २०८३
  • राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हेरेर प्रचण्डलाई विश्वासको मत दियौं : शेखर कोइराला

    राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हेरेर प्रचण्डलाई विश्वासको मत दियौं : शेखर कोइराला

    विराटनगर– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको बताएका छन्।

    बिहीबार विराटनगरमा पत्रकारहरुसाग कुरा गर्दै उनले निर्वाचन अझै बाँकी रहेको र ती निर्वाचनलाई हेरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए।

    म सभामुख उपुभामुखको कुरा गरिसकेको छैन, अरु निर्वाचनहरु पनि बाँकी छ। ती निर्वाचनमा हामीहरु उम्मेदवार दिन्छौं’ उनले भने, ‘‘राष्ट्रपतिको निर्वाचन, उपराष्ट्रपतिको निर्वाचनमा प्रदेशका सांसदले पनि भोट हाल्नुहुन्छ, यो सबैलाई विचार गरेर हामीले भोट हालेका हौं।’

    नेता कोइरालाले ती निर्वाचनमा माओवादीले कांग्रेसका उम्मेदवारलाई साथ दिने ग्यारेन्टी नभएको, तर पार्टीले मतको आशा भने गर्न पाउने बताए। ‘हामीले आफ्नो उम्मेदवार दिँदा सहयोग हुन्छ कि भन्ने सोच त बनाउँछ नि पार्टीले’ उनले भने।

    आफूहरु प्रतिपक्षमा नै बस्ने र सरकारको गुण र दोषका आधारमा भूमिका खेल्ने नेता कोइरालाले बताए।