आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने, नाम आम जनता पार्टी नै रहने - Chaitanya News
  • 2026-05-10
  • 20:06:56
  • आइतबार,बैशाख २७, २०८३
  • आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने, नाम आम जनता पार्टी नै रहने

    आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने, नाम आम जनता पार्टी नै रहने

    काठमाडौं– आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने भएको छ। पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको माओवादी समाजवादीबीच एकता हुन लागेको हो।

    एकतापछि नयाँ पार्टीको नाम भने आम जनता पार्टी नै रहने आजपाका प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए। उनका अनुसार अग्रगामी शक्तिहरुको ध्रुवीकरणको रुपमा विभिन्न राजनीतिक दलहरुसँग एकताको अभियानमा आजपा लागेको हो।

    भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिँदै रौतहट ३ बाट लगातार चौथोपटक निर्वाचित भएका साहले केही समयअघि आफ्नै नेतृत्वमा पार्टी गठन गरेका हुन्।

    आजपा गठन भएलगत्तै जनता समाजवादी पार्टीका रौतहट जिल्ला सचिव लखिन्द्र यादव, नेपाल संघीय समाजवादी पार्टीबाट रौतहट १ (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवार जाजुल देवानलगायत सयौ आम जनता पार्टीमा प्रवेश गरेका थिए। पूर्वसहरी विकास राज्यमन्त्री एवं काठमाडौ ७ बाट संविधानसभा सदस्य र प्रतिनिधि सदस्य रहिसकेका रामवीर मानन्धर पनि आजपामै आवद्ध भएका थिए।