सेवाग्राहीलाई गुनासोरहित सेवा प्रवाह गर्न गृहमन्त्री लामिछानेको निर्देशन - Chaitanya News
  • 2026-05-10
  • 20:06:51
  • आइतबार,बैशाख २७, २०८३
  • सेवाग्राहीलाई गुनासोरहित सेवा प्रवाह गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सेवाग्राहीलाई गुनासोरहित सेवा प्रवाह गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    काठमाडौं– उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सेवाग्राहीलाई गुनासोरहित सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन।

    सरकार गठनपछि पहिलो पटक चितवन पुग्नुभएका मन्त्री लामिछानेले आज (बिहीबार) चितवनस्थित सबै सरकारी कार्यालयका प्रमुखसँग छलफल गर्दै यस्तो निर्देशन दिए।

    गृहमन्त्रीको निजी सचिवालयका अनुसार, गृहमन्त्रीले सेवाग्राहीहरुलाई काठमाडौं र सिंहदरबार पुग्नै नपर्ने गरी जिल्लामा नै सहज रूपमा सेवा उपलब्ध गराउन निर्देशन दिएका छन।

    यसैगरी, जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले गोरखापत्र अनलाइनसँग भन्नुभयो, ‘‘गृहमन्त्रीले सेवा प्रवाहलाई गुनासोरहित बनाउन, भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्न, शान्तिसुरक्षालाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन।