मेयर बालेनप्रति बाबुरामको कटाक्ष : घुम्ने मेचमाथिका अन्धा मान्छेहरूले बैलैमा सोचुन्, नत्र आधी आउँछ–आउँछ - Chaitanya News
  • 2026-04-29
  • 17:10:45
  • बुधबार,बैशाख १६, २०८३
  • मेयर बालेनप्रति बाबुरामको कटाक्ष : घुम्ने मेचमाथिका अन्धा मान्छेहरूले बैलैमा सोचुन्, नत्र आधी आउँछ–आउँछ

    मेयर बालेनप्रति बाबुरामको कटाक्ष : घुम्ने मेचमाथिका अन्धा मान्छेहरूले बैलैमा सोचुन्, नत्र आधी आउँछ–आउँछ

    काठमाडौं– नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको कामको कटाक्ष गरेका छन्। उनले शुक्रबार बिहीबार सामाजिक सञ्जालमा कटाक्ष गर्दै मेयर बालेनलाई ‘घुम्ने मेचमाथि अन्धो मान्छे’को संज्ञा दिएका हुन्।

    सहरको अर्थ–राजनीति, काठमाडौंको आत्मा, गरिबीको अर्थतन्त्र, नयाँ र पुराना शासकहरूको सनक, सम्भावित सहरी विद्रोह हुन्छ,’ उनले फेसबुकमामा लेखेका छन्, ‘घुम्ने मेचमाथि अन्धा मान्छेहरूले बेलैमा सोचुन्। नत्र आधी आउँछ–आउँछ।’

    काठमाडौं महानगरले केही दिनअघि मात्रै फुटपाथ व्यापार हटाउन पुनः सूचना जारी गरेको थियो। पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले महानगरको उक्त कदममाथि यस्तो टिप्पणी गरेका हुन्।

    मेयर बालेनले विनातयारी सुकुम्बासी हटाउनेदेखि साना व्यापारीहरूलाई सडकबाट हटाउने अभियानले आलोचना खेप्दै आएका छन्।