काठमाडौं– नेपाल प्रहरीका १७ जना डीआईजीको काज सरुवा भएको छ। सातवटै प्रदेश प्रहरीको नेतृत्व पनि फेरिएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार नलप्रसाद उपाध्यायलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका सरुवा गरिएको छ।
डीआईजी बसन्तबहादुर कुँवरले मधेस प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् भने मधेसका प्रहरी प्रमुख मसाउद आलम खाँको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका काज भएको छ।
कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा पुगेका छन् भने क्र्णाली प्रदेश प्रहरीको नेतृत्व भीमप्रसाद ढकाललाई दिइएको छ।
डीआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, टेकप्रसाद राईले लुम्बिनी प्रदेश प्रहरी,गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङ र प्रदेश १ प्रहरी कार्यालयमा श्यामलाल ज्ञवालीको काज सरुवा भएको छ।
को कहाँ पुगे सूची हेर्नुहोस्
![]()
![]()
![]()