लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-07-19
  • 20:17:41
  • आइतबार,साउन ०३, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. निम्नमध्ये कुन सामाजिक सञ्जाल (Social Media Platform) को उदाहरण हो?
    (A) इन्स्टाग्राम (Instagram)             (B) क्यालकुलेटर (Calculator)
    (C) नोटप्याड (Notepad)                  (D) माइक्रोसफ्ट वर्ड (Microsoft Word)

    2. भीमसेन थापापछि र जंगबहादुर राणाको उदय हुनुअघि नेपालको मुख्तियार/प्रधानमन्त्री बन्ने व्यक्तिहरूका आधारमा कुन क्रम सही छ?
    A) रणजङ्ग पाँडे > रङ्गनाथ पौडेल > चौतरिया पुष्कर शाह > फत्तेजङ्ग शाह > माथवरसिंह थापा
    B) रङ्गनाथ पौडेल > रणजङ्ग पाँडे > चौतरिया पुष्कर शाह > फत्तेजङ्ग शाह > माथवरसिंह थापा
    C) रङ्गनाथ पौडेल > चौतरिया पुष्कर शाह > रणजङ्ग पाँडे > फत्तेजङ्ग शाह > माथवरसिंह थापा
    D) रणजङ्ग पाँडे > चौतरिया पुष्कर शाह > रङ्गनाथ पौडेल > माथवरसिंह थापा > फत्तेजङ्ग शाह

    3. बकिङ्घम प्यालेस (Buckingham Palace) कुन सहरमा अवस्थित छ?
    (A) बर्मिङ्घम (Birmingham)             (B) वेस्टमिनिस्टर (Westminster)
    (C) इडइनबर्ग (Edinburgh)              (D) म्यानचेस्टर (Manchester)

    4.हात्तीपाइले रोग (Elephantiasis) निम्नमध्ये के का कारणले गर्दा लाग्दछ?
    (A) ब्याक्टेरिया (Bacteria)                                          (B) ढुसी (Fungi)
    (C) फाइलेरियाल जुका/किरा (Filarial worms)         (D) चराचुरुङ्गीको विष्ठा (Bird Droppings)

    5. निम्नमध्ये कुन काकेशस पर्वतमाला (Caucasus Mountains) को सबैभन्दा अग्लो चुचुरो र युरोपको पनि सबैभन्दा अग्लो स्थान हो?
    (A) म्याटरहर्न (Matterhorn)                     (B) मोन्ट ब्लाङ्क (Mont Blanc)
    (C) माउन्ट एल्ब्रस (Mount Elbrus)          (D) माउन्ट एभरेष्ट (Mount Everest)

    6.राम आफ्नो घरबाट 15 मिटर पश्चिम दिशामा हिड्‌यो । त्यसपछि बाँया फर्केर 20 मिटर हिड्‌यो । फेरी उ पूर्व दिशातिर फर्केर 25 मिटर हिड्यो र अन्त्यमा उ वाँया फर्केर 20 मिटर हिड्यो भने उ आफ्नो घरबाट कति टाढा थियो ?
    A. 45 मिटर                     B. 40 मिटर                    C. 10 मिटर               D. 5 मिटर

    7. 45 महिलाको तलब 48 दिनमा 15525 रुपैयाँ हुन्छ । 5750 रुपैया लिनको लागि कति जना पुरुषले १६ दिन काम गर्नुपर्छ, जहाँ पुरुषको दैनिक ज्याला महिलाको भन्दा दोब्बर हुन्छ ।)
    A) 30 men                            B) 25 men               C) 20 men              D) 35 men

    8. एउटा वस्तुको 37% छुट पछि वेच्दा पनि 20% नाफा हुन्छ । यदि नाफा रू.3080 भए S.P.कति हुन्छ ?
    A. 10884                              B. 18480                  C. 18840                  D. 10484

    9. राम आफ्नो घरबाट 15 मिटर पश्चिम दिशामा हिड्‌यो । त्यसपछि बाँया फर्केर 20 मिटर हिड्‌यो । फेरी उ पूर्व दिशातिर फर्केर 25 मिटर हिड्यो र अन्त्यमा उ वाँया फर्केर 20 मिटर हिड्यो भने उ आफ्नो घरबाट कति टाढा थियो ?
    A. 45 मिटर                          B. 40 मिटर               C. 10 मिटर                   D. 5 मिटर

    10. तीन संख्याको योगफल 297 छ । यदि पहिलो संख्यावाट 5, दोस्रो संख्यावाट 12 र तेस्रो संख्यावाट 10 घटाउदा वाँकी हुने ती 3 संख्याको अनुपात क्रमश: 2:3:5 हुन्छ भने सबैभन्दा ठूलो संख्या कुन होला ?
    A. 175                                   B. 135                       C. 145                           D. 125

    11. निम्नमध्ये आवेग (Impulse) को SI एकाइ (SI unit) कुन हो?
    (A) Ns                               (B) N/s                        (C) Ns²                         (D) N

    12. नेपालको इतिहासमा वि.सं. २०६३ पछि भएका राजनीतिक परिवर्तनका सम्बन्धमा तलका कथनहरू विचार गर्नुहोस्:
    1. वि.सं.२०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्रबाट विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको घोषणा भएको थियो।
    2. वि.सं.२०६३ मंसीर ५ गते सरकार र तत्कालीन नेकपा (माओवादी) बीच ऐतिहासिक विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो।
    3. विस्तृत शान्ति सम्झौतामा सरकारका तर्फबाट गिरिजाप्रसाद कोइराला र माओवादीका तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका थिए।
    4. वि.सं. २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकले नेपाललाई गणतन्त्र राज्य घोषणा गरेको थयो
    माथिका कथनहरूमा कुन-कुन सही छन्?
    A) १ र २ मात्र                          B) २ र ३ मात्र                         C) १ र ३ मात्र                         D) १, २, ३ र ४ सबै

    13.”अन्तर्राष्ट्रिय प्रकाश दिवस”(International Day of Light)हरेक वर्ष कुन मितिमा मनाइन्छ?
    (A) १६ जुन                           (B) १६ जुलाई                           (C) १६ सेप्टेम्बर                      (D) १६ मे

    14. कुन देशले एसिया र प्रशान्त क्षेत्रमा प्राकृतिक विपद् विरुद्ध सामुदायिक लचिलोपन मजबुत बनाउन १० मिलियन अमेरिकी डलर योगदान गर्ने घोषणा गर्‍यो?
    (A) साउदी अरब                  (B) संयुक्त राज्य अमेरिका (USA)
    (C) जापान                            (D) संयुक्त अरब इमिरेट्स (UAE)

    15. निम्नमध्ये कुन पुरस्कारलाई लोकप्रिय रूपमा “अस्कर” (Oscars) नामले चिनिन्छ?
    (A) बाफ्टा पुरस्कार (BAFTA Awards)          (B) टोनीज पुरस्कार (Tony Awards)
    (C) एमीज पुरस्कार (Emmy Awards)            (D) एकेडेमी पुरस्कार (Academy Awards)

    16. एउटा वृत्तको अर्धव्यास 1/5 भाग वृद्धि गर्दा सो वृत्तको क्षेत्रफल कति % वृद्धि हुन्छ ?
    A. 20%                                B. 22%                         C. 44%                      D. 21%

    17. A को वर्तमान उमेर B को वर्तमान उमेरको 2 गुणा हो । 8 वर्ष पछि B को उमेर C को वर्तमान उमेरको 4 गुणा हुनेछ। यदि C ले 9 वर्ष पहिले आफ्नो पाँचौं जन्मदिन मनाएको थियो भने, A को वर्तमान उमेर (वर्षमा) कति छ?
    A. 88                                  B. 96                                C. 92                        D. 84

    18. A ले एक निश्चित काम एकै समयमा गर्न सक्छ जुन काम B र C सँगै मिलेर गर्न सक्छन् । यदि A र B ले 15 दिनमा र C एक्लैले 30 दिनमा उक्त काम पुरा गर्न सक्छ भने B एक्लैले कति समयमा उक्त काम गर्न सक्छ ?
    A. 40 days                          B. 60 days                     C. 45 days                 D. 35 days

    19. यदि २५ पुस्तकको खरिद मूल्य २० पुस्तकको विक्रि मूल्य बराबर हुन्छ भने नाफा प्रतिशत पत्ता लगाउनुहोस् ।
    A. २०%                                B. २२%                           C. २४%                         D. २५%

    20. रोबर्ट आफ्नो साइकलमा यात्रा गर्दै छन् र यदि उसले 10 किमी/घन्टाको गतिमा यात्रा गर्नेछ भने, 2 P.M मा बिन्दु A पुग्न गणना गरेको छ । 15 किमी/घन्टाको गतिमा यात्रा गरेमा उ दिउँसो 12 बजे त्यहाँ पुग्छ । दिउँसो 1 बजे A मा पुग्न उसले कति गतिमा यात्रा गर्नुपर्छ ?
    A. 8 km/hr                         B. 11 km/hr                   C. 12 km/hr                   D) 14 km/hr

    उत्तरः

    1. A 11. A
    2. C 12. D
    3. B 13. D
    4. C 14. D
    5. C 15. D
    6. C 16. C
    7. B 17. B
    8. B 18. B
    9. C 19. A
    10. C 20. C

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100