काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश वितरण गर्ने घोषणा गरेको छ। कर्पोरेसनको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो।
कम्पनीले १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
