सन्दीपको पुनरावेदन निवेदनमाथि सुनुवाई आज हुदै, के आउला फैसला ? - Chaitanya News
  • 2026-04-29
  • 17:15:22
  • बुधबार,बैशाख १६, २०८३
  • सन्दीपको पुनरावेदन निवेदनमाथि सुनुवाई आज हुदै, के आउला फैसला ?

    सन्दीपको पुनरावेदन निवेदनमाथि सुनुवाई आज हुदै, के आउला फैसला ?

    काठमाडौं – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदन निवेदनमाथि आज पाटन उच्च अदालतमा सुनुवाइ हुँदै छ ।

    जबरजस्ती करणी मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उनले दिएको निवेदनमा सुनुवाइ हुन लागेको हो ।

    न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासको तीन नम्बरमा पेसीमा सन्दीपको पुनरावेदन निवेदनको पेशी तोकिएको छ ।

    यसअघि तीनपटक तोकिएको पेसीमा सुनुवाइ भएको थिएन । दुईपटक सन्दीपको कानुन व्यवसायीको तर्फबाट सुनुवाई स्थगित भएको थियो भने एक पटक हेर्न नभ्याइनेमा राखिएको थियो । अब कानुन व्यवसायीको तर्फबाट भने पेसी स्थगित गर्न मिल्ने छैन ।

    सन्दीपविरुद्ध जिल्ला अदालतमा जबरजस्तीकरणीको मुद्दा चलिरहेको छ । गएको कात्तिक १८ गते उनलाई जिल्ला अदालत, काठमाडौँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।