६ प्रदेशका उच्च भू–भागमा हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु - Chaitanya News
  • 2026-04-29
  • 17:15:06
  • बुधबार,बैशाख १६, २०८३
  • ६ प्रदेशका उच्च भू–भागमा हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु

    ६ प्रदेशका उच्च भू–भागमा हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु

    काठमाडौं – नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभरको हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । पूर्वी तथा मध्य तराईका केहि स्थानमा बाक्लो हुस्सु लागेको अवस्था छ ।

    आज (बिहीबार) दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका भू–भागमा तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै तथा बागमती र प्रदेश–१ का उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । यो क्रम राति पनि जारी रहने छ ।

    देशभरको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात र तराईमा बाक्लो हुस्सु लाग्ने भएकाले दैनिक जन जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।