सुदूरपश्चिम प्रदेशमा सभामुखका लागि मनोनयन हुँदै - Chaitanya News
  • 2026-10-20
  • 16:34:34
  • मंगलबार,कार्तिक ०४, २०८३
  • सुदूरपश्चिम प्रदेशमा सभामुखका लागि मनोनयन हुँदै

    सुदूरपश्चिम प्रदेशमा सभामुखका लागि मनोनयन हुँदै

    धनगढी– सुदूरपश्चिम प्रदेश सभामुखका लागि नेकपा माओबादी केन्द्रमा तीन जना आकांक्षी देखिएका छन्।
    भोलि (बिहीबार) १ बजे बस्ने प्रदेश सभा बैठकले सभामुख चयन गर्ने कार्य तालिका छ।

    त्यसका लागि आज मनोनयन दर्ता गर्ने तालिका छ। प्रदेश सभा सचिवालयका अनुसार आज बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म मनोनय गर्ने समय तोकिएको छ।

    दिउँसो २ बजेदेखि ५ बजेसम्म दावी बिरोध र उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। प्रदेश सभा सचिवालयले आज साढे पाँच बजे सभामुखका लागि उम्मेदरावको अन्तिम सूचि प्रकाशित गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवरज जोशीले बताए।

    सत्ता गठबन्धनको भागबण्डाअनुसार सुदूरपश्चिममा मुख्यमन्त्री नेकपा एमाले र सभामुख नेकपा माओवादी केन्द्रले पाएको छ।
    नेकपा माओवादी केन्द्रबाट सभामुखका लागि अछाम क्षेत्र नम्बर–२ को प्रदेश सभा क बाट निर्वाचित अक्कल रावल, डोटी प्रदेश सभा ख बाट निर्वाचित शिवसिंह ओली र दार्चुला प्रदेश सभा ख बाट निर्वाचित मानबहादुर धामी आकांक्षी रहेका छन्।

    ‘सभामुखका लागि दुई तीन जनाले आकांक्षा देखाएका छन्,’ नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरी चौधरी ९उत्सव० ले भने, ’छलफल गरिरहेका छौं, सहमतिमै एक जनाको नाम टुङ्गो लगाइनेछ।’

    प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा पुस १८ गते बसेको प्रदेश सभा बैठकले पुस २८ गते सभाुमखकको चयन गर्ने निर्णय गरेको थियो। जसअनुसार बिहीबार दिउसो १ बजे बस्ने प्रदेश सभा बैठकमा सभामुख चयनका लागि निर्वाचन हुने छ।

    प्रदेशमा उपसभामुख पद भने नागरिक उन्मुक्ति पार्टीलाई दिने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ। तर, नागरिक उन्मुक्ति पार्टीले अझै पनि सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने टुङ्गो लगाउन सकेको छैन। सभामुखका लागि अहिलेसम्म बसैको उम्मेदवारी नपरेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए।