सुदूरपश्चिमले आज नयाँ मुख्यमन्त्री पाउने दिन - Chaitanya News
  • 2026-05-10
  • 18:00:19
  • आइतबार,बैशाख २७, २०८३
  • सुदूरपश्चिमले आज नयाँ मुख्यमन्त्री पाउने दिन

    सुदूरपश्चिमले आज नयाँ मुख्यमन्त्री पाउने दिन

    काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि दाबी पेश गर्ने समय सीमा आज सकिँदै छ।

    प्रदेश प्रमुख देवराज जोशीले दिएको समयअनुसार साँझ ५ बजेसम्म मुख्यमन्त्रीसहित नयाँ सरकार गठनका लागि दाबी गरिनेछ।

    ५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ। ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने दलको सरकार बन्ने पक्का छ।

    सुदूरपश्चिममा एमाले-माओवादीले आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको छ । सहमतिअनुसार पहिलो कार्यकाल एमालेले नेतृत्व गर्नेछ ।

    एमालेबाट आज संसदीय दलका नेता राजेन्द्र रावलले गठबन्धनबाट मुख्यमन्त्रीको दाबी पेस गर्दैछन् । अर्को कार्यकाल माओवादीबाट खगराज भट्ट मुख्यमन्त्री बन्नेछन् ।